arin enterprises

३८५ जनाको नाम सूचीबाट हटाईंदै आयोग

SamacharDesk | २०७९ कार्तिक ६, आइतबार

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाएका वा जरिवाना नतिर्ने उम्मेदवारको नाम हटाउने तयारी गरेको छ ।

गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३८५ जना उम्मेदवारको नाम आयोगले हटाउने तयारी गरेको हो ।

आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट ३८५ जनाको नाम हटाउने तयारी गरेको हो । दुवै सभाको बन्दसूचीमा नाम परेकामध्ये ४३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना तिनुपर्ने सूचीमा परेका थिए ।

आयोगले उनीहरूलाई हिजोसम्म जरिवाना बुझाउने समय तोकेको थियो । तोकिएको समयभित्र ५४ जनाले मात्रै जरिवाना बुझाएका छन् । बाँकीको नाम बन्दसूचीबाट हटाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो ।

आयोगले स्थानीय तहको निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई डेढ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गराउने निर्णय गरेको थियो ।

जरिवाना नतिर्ने व्यक्तिले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने आयोगको निर्णय छ ।

Categorized in राष्ट्रिय