प्रहरीलाई हातपात गर्दा विद्युत प्राधीकरणका कर्मचारी पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र २३, मंगलबार

ड्युटीमा खटिएको प्रहरीलाई हातपात र गालीगलौज गरेको अभियोगमा नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीका सहायक प्रबन्धक अर्जुन कुमार साह पक्राउ परेका छन् ।
सप्तरीको सुरूङगा नगरपालिका ४ कदमहास्थित सडकमा ड्युटीमा खटिएको प्रहरीले मोटरसाइकललाई जाँच गर्ने क्रममा मास्क नलगाएकोले सम्झाई बुझाई गर्दा साहले प्रहरीलाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेको बताइएको छ ।
प्रहरीले आमनागरिकलाई रोकी अनावश्यक रूपमा दुःख दिने गरेको भन्दै साहले विभिन्न किसिमको गालीगलौज गर्नुका साथै प्रहरीलाई हातपात समेत गरेपश्चात मोटरसाइकल चालक साहलाई पक्राउ गरिएको हो ।
खडक नगरपालिका ५ रंजितपुर बस्ने ३० वर्षीय साहलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
Categorized in अपराध