एलन मस्कको कम्पनीले उड्ने कारको परीक्षणको लागि अनुमति पायो
SamacharDesk | २०८० आषाढ १८, सोमबार

एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको कम्पनी एलेफ एरोनोटिक्स उड्ने कारको परीक्षणको लागि अनुमति पाउने पहिलो कम्पनी बनेको छ ।
कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको हो ।
क्यालिफोर्नियको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो ।
एलेफका अनुसार एफएएले उक्त कम्पनीलाई केही सीमित क्षेत्रमा मात्र परीक्षण गर्नका लागि उडान अनुमति दिएको छ ।
एलेफ यस्तो कम्पनी हो जुन हाल आकाशमा उड्ने र जमिनमा गुड्ने कार निर्माणमा केन्द्रित छ ।
एलेफका सीईओ जिम डिखोब्नीले समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै मद्दत गर्ने बताए ।
उनले गत डिसेम्बरमा सीएनबीसीलाई अन्तर्वार्ता दिँदै २०२५ सम्म उड्ने कार आकाशमा देख्न सकिने बताएका थिए ।
यस गाडीमा एक पटकमा दुई जनाले मात्र यात्रा गर्न सकिने बताइएको छ ।
कम्पनीले आफूले उड्डयन अनुमति पाएको खबर सार्वजनिक गरेपछि एलेफको शेयर ४४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ ।
Categorized in बिजनेस