arin enterprises

इङ्गलाण्ड र वेष्ट इन्डिज बिचको पहिलो टेष्ट बराबरीमा

SamacharDesk – रक्षण राजोपाध्याय | २०७८ फाल्गुण २९, आइतबार

इङ्गलाण्ड र वेष्ट इन्डिज बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ ।

सर भिभियन रिचर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको इङ्गलाण्डले  सबै विकेट गुमाई ३११ रनको सम्मानजनक योगफल तयार गरेको थियो ।

खेलमा खासै राम्रो शुुरुवात गर्न नसकेको इङ्गलाण्डको लागि जोनी बेस्र्टोले सर्वाधिक १४० रन जोडे । बेन स्टोक्स्ले ३६ रन जोड्डा बेन फोक्स्ले ४२ रन र क्रिस वोक्स्ले २८ रन जोडेका थिए ।

वेष्ट इन्डिजका लागि जेडन सिल्स्ले ४ विकेट लिएका थिए भने केमर रोच, जेसन होल्डर र अल्जरी जोसेफले २(२ विकेट लिएका थिए ।

यस्तै वेष्ट इन्डिजले आफ्नो पहिलो पारीमा सबै विकेट गुमाउँदै ३७५ रन बनाए । जसमा क्रुमाह बोनरले शतकिय परि खेल्दै सर्वाधिक १२३रन जोडे ।

कप्तान क्रेग ब्रेथविथको ५५ रन बनाउँदा जोन क्याम्पबेलको ३५ रन बनाए । त्यस्तै जेसन होल्डर ४५ रन र जोसुवा डि सिल्भाको ३२ रनको योगदान दिए ।

बलिङ्गतर्फ इङ्गलाण्डका लागि क्रेग ओबरटन, ज्याक लिच, बेन स्टोक्स्ले  २(२ विकेट लिदाँ क्रिस वोक्स्, मार्क उड, डान लोरेन्स्ले एक एक विकेट लिएका थिए ।

पहिलो पारीको आधारमा ६४ रनले पछि परेको इङ्गलाण्डले दास्रो पारीमा ६ विकेटको क्षतिमा ३४९ रनमा पारी समाप्तिको घोषणा गरे ।

जसमा जो रुटले १०९रन र जक क्रलीले १२१ रन जोड्डै शतकिय पारी खेले ।

जितका लागि २८५ रनको लक्ष्य पाएको वेष्ट इन्डिजले ४ विकेटको क्षतिमा १४७ रन बनाउँदै पहिलो टेस्ट बराबरीमा सकाएको हो ।

उक्त खेलमा वेष्ट इन्डिजका क्रुमाह बोनर प्लेयर अफ द म्याच घोषित भएका छन् ।

Categorized in स्पाेर्ट्स