arin enterprises

एरिक्सन अस्पतालबाट डिस्चार्ज

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ४, शुक्रबार

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई शुक्रबार एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको डेनिस एफएले जनाएको छ ।

यस्तै डेनिस एफएको अनुसार २९ वर्षीय एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ ।

शनिबार युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेपछि एरिक्सनलाई अस्पताल भर्ना गरिएको थियो ।

Categorized in स्पाेर्ट्स