arin enterprises

युरो कपको खेल तालिका

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ९, आइतबार

गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड–१९ को महामारीका कारण एक वर्ष पछि सारेपछि यसपटक हुन लागेको हो ।

यस वर्षको युरोकप ११ जुनदेखि ११ जुलाईसम्म आयोजना युरोपका ११ शहरमा हुँदैछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए)ले लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुकारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा युरोकप आयोजना गर्ने भएको छ ।

उद्घाटन खेल इटालीको रोममा हुन्छ भने सेमिफाइनल देखिका खेलहरु इंग्ल्यान्डको लन्डनमा हुनेछ ।

युरोकप सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यस प्रतियोगितामा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

समूह विभाजन

समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली , वेल्स र स्वीट्जरल्यान्ड 

समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क , फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)

समूह ‘सी’ – (आम्स्टरडम/बकारेस्ट) – नेदरल्यान्ड्स , युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया

समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड , क्रोएसिया, स्कटल्यान्ड  र चेक रिपब्लिक

समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग) – स्पेन , स्वीडेन, पोल्यान्ड र स्लोभाकिया

समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी , पोर्चुगल , फ्रान्स र जर्मनी 

समूह चरण

शुक्रबार ११ जुन 

१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे/रोम)

शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)

३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे/कोपेनहेगन)

४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

आइतबार १३ जुन

५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे/लन्डन)

६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे/बुकारेस्ट)

७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२ः४५ बजे/आम्स्टरडम)

सोमबार १४ जुन

८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे/ग्लास्गो)

९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२ः४५ बजे/सेभिया)

मंगलबार १५ जुन

११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ६ः४५ बजे/बुडापेस्ट)

१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)

बुधबार १६ जुन

१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे/बाकु)

१५. समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः४५ बजे/रोम)

बिहीबार १७ जुन

१६. समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया (राति ६ः४५ बजे/बुकारेस्ट)

१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५ बजे/कोपेनहेगन)

१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे/आम्स्टरडम)

शुक्रबार १८ जुन

१९. समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/ग्लास्गो)

२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/लन्डन)

शनिबार १९ जुन 

२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजे/बुडापेस्ट)

२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)

२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे/सेभिया)

आइतबार २० जुन

२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)

२६. समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)

सोमबार २१ जुन

२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे/आम्स्टरडम)

२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९ः४५ बजे/बुकारेस्ट)

२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजे/कोपेनहेगन)

३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

मंगलबार २२ जुन

३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/लन्डन)

३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/ग्लास्गो)

बुधबार २३ जुन

३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९ः४५ बजे/सेभिया)

३४. समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग 

३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२ः४५ बजे/म्युनिख)

३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे/बुडापेस्ट) 

प्रि–क्वाटरफाइनल

शनिबार २६ जुन

३७. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९ः४५ बजे/आम्स्टरडम)

३८. समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२ः४५ बजे/लन्डन)

आइतबार २७ जुन

३९. समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे/बुडापेस्ट)

४०. समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे/सेभिया)

सोमबार २८ जुन

४१. समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९ः४५ बजे/कोपेनहेगन)

४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/बुकारेस्ट)

मंगलबार २९ जुन

४३. समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९ः४५ बजे/लन्डन)

४४. समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/ग्लास्गो) 

क्वाटरफाइनल

शुक्रबार २ जुलाई

४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई

४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९ः४५ बजे/बाकु) 

४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२ः४५ बजे/रोम) 

सेमिफाइनल

मंगलबार ६ जुलाई

४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२ः४५ बजे /लन्डन)

५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२ः४५ बजे/लन्डन) 

फाइनल

आइतबार ११ जुलाई

खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२ः४५ बजे/लन्डन)

 

Categorized in स्पाेर्ट्स