सगरमाथाको चुचुरो ६४४ जनाले चुमे
SamacharDesk | २०८० आषाढ २६, मंगलबार

यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको चुचुरोमा ६ सय ४४ आरोहीले सफल आरोहण गरेका छन् ।
एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलोपटक हो । चुचुरोमा पुग्नेहरू २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ जसमा १३ नेपाली सम्मिलित थिए ।
१९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए । सगरमाथा आरोहण गर्ने कुल आरोहीमध्येमा महिलाको संख्या ६१ रहेको छ ।
आरोहीलाई चुचुरोसम्म पु¥याउने ३५९ पथप्रदर्शक सबै पुरुष रहेका छन् । छिटपुट रूपमा केही गाइडहरू सम्पर्कमा नआएर सूचीमा छुटेको पनि हुन सक्ने विभागको भनाइ छ । यस सिजनका लागि ३७६ देशका ४७८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।
यसअघि सन् २०१३ मा शरद् र वसन्त सिजनमा २४२ आरोही र ३३६ गाइड गरी ४६१ जना सगरमाथा चुचुरोमा पुगेका थिए । सन् २०१८ मा २६२ आरोही र २९८ गाइड गरी ५६०, सन् २०१९ मा २८० आरोही र ३६४ गाइड गरी ६४४ जनाले शिखर चुमेका थिए ।
भूकम्पका कारण सन् २०१५ र कोभिड महामारीका कारण सन् २०२० मा सगरमाथा आरोहण नै खुलेन । सन् २०२१ मा १८३ आरोही र २७६ गाइड गरी ४५९ ले सगरमाथा शिखरमा पुगेका थिए ।
यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथासहित विभिन्न १० वटा हिमालको सफल आरोहण भएको छ । १० हिमालको शिखर चुम्नेमा १३ महिलासहित ४७० (आरोही र गाइड) जना रहेका छन् ।
कुल आरोहीमध्येमा आरोहीको संख्या ४७० र गाइडको संख्या ५१३ रहेको छ । हिमाल आरोहण गर्नेमा अधिकांश विदेशी (गाइडबाहेक) नागरिक रहेका छन् । कञ्चनजंघामा आरोहीलाई शिखर पु¥याउनेमा एकजना महिला पथप्रदर्शक रहेको विभागले जनाएको छ ।
वसन्त सिजनमा लोत्से हिमालमा ५२ आरोही पुगेका छन् । मकालुमा आरोही र गाइड गरी ७२, कञ्चनजंघामा २९, धौलागिरिमा २१, आमादब्लममा ४४, अन्नपूर्ण फस्ट ७५, हिमलुङ ४१, मनास्लु १ र पुमोरी हिमाल दुईजनाले आरोहण गरेका छन् ।
Categorized in राष्ट्रिय