arin enterprises

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान रोक

SamacharDesk | २०८० जेठ १२, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ ।

तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको छ ।

यस्तै पीटीआइका अरु ८० जना नेताहरुलाई पनि देश छाड्न प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो पटक सरकारले खानसहित झण्डै ६ सय जनालाई नो फ्लाई लिस्टमा समावेश गर्दै सूचना जारी गरेको हो ।

खानमाथि प्रति आतंकवाद ऐन अन्तर्गत १ सय ४० वटा मुद्दा लगाइएको छ ।

केहि समयअघि पाकिस्तान सरकारले खानलाई पक्राउ गरेपनि देशभर भड्किएको हिंसामा करिव १० जनाको मृत्यु भएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय