थलिएको बजार पुनरुत्थानका लागि व्यवसायीहरुको भेला
SamacharDesk – विजनेश ब्यूराे | २०७८ आषाढ २४, बिहिबार

भक्तपुर उद्योग वाणिज्य संघले निर्यात प्रबर्ध्दन भेलाको आयोजना गरेको छ । एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि. को सहकार्यमा संघले हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित भेलाको आयोजना गरेको हो ।
कोभिड १९ का कारण घरेलु साना तथा मझौला उद्योगहरुको साथै हस्तकला बजार मारमा परेको भन्दै व्यवसायलाई पुनरोत्थान गर्न भेलाको आयोजना गरिएको आयोजकको भनाई छ ।
कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष शिव प्रसाद मानन्धरले यस भेलाले भक्तपुर जिल्लाका स्थानीय उत्पादनहरुलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै उहाँले कोभिड १९ का कारण थलिएको उद्योग व्यवसायको हितका लागि सम्बन्धित सरकारी निकायहरुमा नेपाल उद्योग वाणिज्य महासंघमार्फत आवाज उठाई रहेको दावी गर्नुभयो ।
‘आगामी दिनहरुमा पनि स्थानीय उत्पादनहरुको बजार प्रबद्र्धनका लागि संघले विभिन्न अन्तरराष्ट्रिय राजदूताबास तथा कूटनैतिक नियोगहरुसँग समन्वय गरी निर्यात प्रबद्र्धनकालागी अन्तरराष्ट्रिय बजारको खोजी गर्ने कार्य अघि बढाइरहेका छौं’ संघका कार्यवाहक अध्यक्ष मानन्धरको भनाई हो ।
एक्स्पोर्ट फ्रम नेपालका बजार निर्देशक श्रवण श्रेष्ठले कम्पनीले संचालन गरिरहेको वेब पोर्टलमाथि प्रकाश पार्नु हुँदै स्थानीय उत्पादनको प्रबद्र्धन, बजार व्यवस्थापनदेखिसामान ग्राहकको हातसम्म पुर्याउन सहजिकरण गर्ने बताउनुभयो ।
एक्स्पोर्ट फ्रम नेपालले वेब पोर्टलमार्फत स्थानीय उत्पादनहरुलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन मध्यस्तकर्ताको भूमिका खेल्दै आएको छ ।
साना तथा मझौला उद्योगहरुलाई आवश्यक सरसल्लाहका साथसाथै प्रविधि सम्बन्धी जानकारी तथा अनलाइन तालिमहरुको आयोजना समेत गर्दै आएको श्रेष्ठको भनाई थियो ।
Categorized in बिजनेस