arin enterprises

नक्कली नेपाली रुपैयाँसहित भारतीय पक्राउ

SamacharDesk | २०८० माघ २९, सोमबार

सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नेपाली हजार दरका नोट बरामद गरेको छ ।

सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका सुनसरी खोलाको पुलनजिकबाट एक करोड ८२ लाख ५१ ह्जार नक्कली नोट बरामद गरेको बताएको छ ।

नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उहाँले बताउनुभयो । सवारी साधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ ।

गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा रहेका अर्का व्यक्ति भने फरार छन् । प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

Categorized in अपराध