arin enterprises

सीतापाइलामा एकै परिवारको तीनजनाको हत्या

SamacharDesk | २०८० फाल्गुण ९, बुधबार

काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिश्वकर्माले श्रीमती, एक छोरी एक नातिनीको हत्या गरेपछि ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर हत्या गरेको जानकारी दिएबाट हत्या विश्वकर्माले नै गरेको हुनसक्ने बताइएको छ ।

हत्या हुनेमा सोलुखुम्बुको दुधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

श्रीमती, छोरी र नातिनीको हत्या गरेपछि उनले सितापाईलाकै जंगलमा झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले तीन जनाको शव घरको कोठाभित्र फेला परेको र बिश्वकर्मा जंगलमा झुण्डिएको अवस्थमा फेला परेको जानकारी दिनुभयो ।

Categorized in अपराध