फिलिक्सको बार्सिलोना मोह
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३, बुधबार

पोर्चुगलका अन्तराष्ट्रिय स्टार जोआओ फिलिक्सले बार्सिलोनाबाट खेल्ने इच्छा ब्यक्त गरेका छन् ।
एट्लेटिको म्याड्रिडबाट खेल्दै गरेको फिलिक्सले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने आफ्नो सपना भएको बताएका हुन् ।
उनले यस समर ट्रान्सफरमा एट्लेटिको म्याड्रिड छाड्ने मानिएको छ ।
एक अन्तरवार्तामा बोल्दै उनले बार्सिलोनाबाट खेल्ने सानै देखि सपना भएको बताएका हुन् । साथै उनको लागि बार्सिलोना सधै पहिलो रोजाई रहने र बार्सिलोनाबाट खेल्न लालायित भएको अन्तरवार्तामा भने ।
फिलिक्स ठुलो मुल्यमा ला लिगा क्लब बेन्फिकाबाट एट्लेटिको गएका थिए ।
२३ वषीर्य फिलिक्सले छ महिना लोनमा चेल्सीमा बिताई फर्किएका छन् । उनले चेल्सीमा रहदाँ २० खेलमा मात्र ४ गोल गरे ।
उनी पछिल्लो समय प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाईटेडसँग समेत जोडिएका छन् ।
पोर्चुगिज खेलाडीको भविष्य अझैपनि अन्यौलमा छ । तर उनी यस समरमा अन्य क्लब जान सक्नेछन् ।
एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनसँगको सम्बन्धका कारण उनले क्लब छाड्ने धेरैको अनुमान छ ।
Categorized in स्पाेर्ट्स