arin enterprises

फिफा वेस्ट अवार्डको प्रारम्भिक मनोनयन सुची सार्वजनीक

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २९, शुक्रबार

पुरुषतर्फको फिफा वेस्ट अवार्ड २०२३ को प्रारम्भिक मनोनयन सुची सार्वजनीक भएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान, पत्रकार र फ्यानको भोटिङका आधारमा मनोनयनको प्रारम्भिक सूचि सार्वजनीक गरेको हो ।

दुई पटकका अवार्ड जितिका लियोनल मेस्सी र केलियन एमबाप्पे पनि फिफाको वर्ष खेलाडीको मनोनयनमा परेका छन् ।

म्यानचेस्टर सिटीलाई ट्रेबल उपाधि जित्न मद्दत गरेका क्लब ६ खेलाडी मनोनयनमा स्थान बनाएका छन् । जसमा एर्लिंग हालान्ड, जुलियन अल्भारेज, केभिन डि ब्रुइन, इलके गुन्डोगोन, रोड्री र बर्नान्डो सिल्भा रहेका छन् ।

प्रारम्भिक १२ जनाको सूचिमा इङ्ल्याण्डका डेक्लान राइस समेत परेका छन् ।

साउदी क्लब अल नासिरका क्रिस्टियानो रोनाल्डो यस वर्षको प्रारम्भिक मनोनयनमा परेका छैनन् । रोनाल्डोले फिफा वेस्ट अवार्डको पहिलो र दोस्रो संस्करणको उपाधि हात पारेका थिए ।

यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् ।

उनले टोटेनहम तथा सेल्टिकका पूूर्व प्रशिक्षक एन्ज पोस्टेकोग्लू सहित अन्य तीन जना प्रशिक्षकसँग प्रतिस्पर्धा गर्नेछन् ।

गोलकिपरतर्फ म्यानचेस्टर सिटीका इडर्सनसँगै म्यानचेस्टर युनाईटेडमा भर्खरै जोडिएका आन्द्रे ओनाना समेत मनोनयनमा परेका छन् ।

Categorized in स्पाेर्ट्स