आदिवासी दिवसको अवसरमा चलचित्र प्रदर्शन
SamacharDesk – बिराज | २०७८ श्रावण २५, सोमबार

आज विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछ । कोरोना महामारीमा संक्रमणको जोखिमको अवस्थामा भौतिक उपस्थितीमा कार्यक्रमहरु हुन नसकेपनि भर्च्युअल माध्यमबाट अन्तरक्रिया, छलफल कार्यक्रमहरु भइरहेका छन् ।
नेपालमा पनि संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा आज यो दिवसलाई भौतिक उपस्थितीमा भव्यता दिन नसकिए पनि आदिवासी जनजाति चलचित्रकर्मीहरुले भर्च्युअल माध्यमबाटै दिवसलाई भव्य बनाउन पहल गरेका छन् ।
आदिवासी जनजाति चलचित्र महासंघले दिवसको अवसरमा दुई दिवसीय आदिवासी जनजाति चलचित्र प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ ।
महासंघले इन्डिजिनियस टेलिभिजन र आइटिभिको सहकार्यमा चलचित्र प्रदर्शन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत आज र भोलि इन्डिजिनियस टेलिभिजन र आइ टिभिमा आदिवासी जनजाति चलचित्र प्रदर्शन गर्न लागिएको छ ।
आज २५ गते सोमबार २ बजे लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्र के ‘(च्याब्रुङ)’ प्रदर्शन गर्न लागिएको छ । त्यस्तै भोलि २६ गते मंगलबार २ बजे गुरुङ भाषा संस्कृतिमा आधारित चलचित्र ‘मि न्होर्वैट’ गर्न लागिएको छ ।
सबैले घरघरमै बसेर संक्रमणबाट जोगिँदै टेलिभिजनमा जनजाति चलचित्र हेर्दै दिवस मनाउन महासंघले आग्रह गरेको छ ।
Categorized in पेजथ्री