arin enterprises

फिनल्याण्डको ऐतिहासिक जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३०, आइतबार

युरोकपमा फिनल्याण्डले ऐतिहासिक जित हात पारेको छ ।

शनिबार राति कोपनहेगनमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले ऐतिहासिक जित हात पारेको  हो ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो खेलमा पहिलो जित हो ।

फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९ औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै डेनमार्क पेनाल्टीमा खेलको ७४ औं मिनेटमा फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा डेनमार्कले गोल गर्न चुकेको थियो । डेनमार्कका इमिलले प्रहार गरेको पेनाल्टीलाई फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।

यो जितसँगै समूह ‘बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

यसअघि उक्त खेलको ४३ औं मिनेटमा  डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो । 

तर, मैदानमा चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र उनी बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ । उनलाई थप उपचारको लागि अस्पताल लगिएको समेत एसोसियनले जनाएको छ ।

एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुनः सुरु भएको थियो ।

Categorized in स्पाेर्ट्स