न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ
SamacharDesk – बिराज | २०७९ बैशाख १, बिहिबार

काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ ।
आज नयाँ वर्षको अवसर पारेर न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक उद्घाटन गरिएको हो ।
यस ज्वेलरी पसलबाट केही समय अगाडी नै सेवा शुरु भइसकेको भएपनि औपचारिक उद्घाटन भने बाँकि थियो । आज नयाँ वर्षको शुभ दिन पारेर पसलको औपचारिक उद्घाटन गरिएको हो ।
फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै चितवन नारायणगढस्थित बागलुङ ज्वेलर्सका संचालक टिकाराम सुनारले रिवन काटेर पसलको समुद्घाटन गर्नुभयो ।
आज विहान विधिवत् पूजाआजा पछि रिवन काटेर पसलको समुद्घान गरिएको थियो ।
शुद्धता हाम्राे प्रतिवद्धता नारा दिइएको यस पसलबाट गरगहना साथै अन्य सामग्री खरिद गर्दा २४ क्यारेटको शुद्ध सुन पाइने दावी गरिएको छ ।
पसलको शुभारम्भको अवसरमा ज्यालामा ५० प्रतिशत छुटको सुविधा दिइएको छ । यो छुटको सुविधा आउँदो वैसाख १५ गतेसम्म लिन सकिने प्रोप्राइटर अमीर सुनारले बताए ।
विगतको केही समय कतारमा सुरक्षा गार्डको काम गरेर नेपाल फर्केका अमीरले काठमाडौंमा आफ्नो व्यवसाय विस्तार गर्दै न्यूरोडमा यस पसलको शुरुवात गरेका हुन् ।
यस अघि उनले चितवनमा फोर नाइन बागलुङ ज्वेलर्सकै नामबाट र बागलुङ ज्वेलर्स नामबाट दुईवटा सुनका गरगहना पसल संचालनमा ल्याइसकेका छन् ।
Categorized in बिजनेस