साविक विजेता चेल्सी अन्तिम आठमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ३, बिहिबार

साविक विजेता इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
चेल्सीले लिललाई समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा २–१ गोल जित निकाले ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा खेलमा सुरुआती अग्रता भने घरेलु टोली लिलले बनाएको थियो ।
खेलको ३८ औं मिनेटमा बुराक यिलमाजले पेनाल्टीमा गोल गर्दै लिललाई अग्रता दिलाएका थिए ।
क्रिस्टियन पुलिसिचले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७१ औं मिनेटमास सिजर एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
Categorized in स्पाेर्ट्स