अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

आबुखैरनीबाट ३ किलो २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका ८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध