रेडपाण्डाको छालासहित ४ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

बाँकेको बैजनाथ गाउँपालिकाबाट रेडपान्डाको छालासहित ४ जना पक्राउ परेका छन् ।
बैजनाथ १ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित सुर्खेत भेरी गंगा नगरपालिका–१२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठा लगायत ४ जनालाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त छालासहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
साथै उनीहरूले प्रयोग गर्ने गरेको दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in अपराध