arin enterprises

फ्रान्स र इंग्ल्यान्डको जित, जर्मनी र नेदरल्यान्ड्स बराबरमा रोकिए

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २०, बिहिबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले जित हात पारेको छ । बुधबार राति भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० गोलले पराजित  गरेको हो ।

फ्रान्सलाई जिताउन एमबाप्पेले ३४, ग्रिजम्यानले ४७ र डेम्बेलेले ७९ मिनेटमा गोल गरे। वेल्सका विलियन्सले २५औं मिनेटमा रातो कार्ड पाएपछि मैदानबाट बाहिरिदा वेल्स १० खेलाडिमा सिमित भएको थियो ।

इंग्ल्यान्डले अस्ट्रियालाई १–० गोलले पराजित गर्‍यो। इंग्ल्यान्डको लागि बुकायो साकाले ५६औं मिनेटमा गोल गरे । 

यता जर्मनीलाई डेनमार्कले १–१ गोलको बराबरीमा रोक्यो ।

जर्मनीका नेउहाउसले ४८औं मिनेटमा गोल गर्दा डेनमार्कका पोउल्सेनले ७१ औं मिनेटमा बराबरी गोल फर्काए।

नेदरल्यान्ड्स र स्कटल्यान्डले २–२ गोलको बराबरी खेले । नेदरल्यान्ड्सका लागि डिपाएले १७औं र ८९औं मिनेटमा गरी दुई गोल गरे। स्कटल्यान्डका हेनरीले १०औैं र निस्बेटले ६३ औं मिनेटमा गोल गरेका थिए।

Categorized in स्पाेर्ट्स