फ्रेन्च राष्ट्रपतिको जर्मनी भ्रमण स्थगीत
SamacharDesk | २०८० आषाढ १७, आइतबार

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबारदेखि सुरु हुने जर्मनीको भ्रमण स्थगीत गरेका छन् ।
गत मंगलबार राजधानी पेरिस नजिकै प्रहरीको गोली लागेर नाहिल एम नामक १७ वर्षीय किशोरको मृत्यु भएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएपछी राष्ट्रपति म्याक्रोनले जर्मनीको यात्रा स्थगीत गरेका हुन् ।
फ्रान्सका विभिन्न शहरमा प्रदर्शनकारीहरुले छैठौं दिन पनि प्रर्दशनलाई निरन्तरता दिदैं सार्वजनिक तथा निजी सम्पत्तीहरुमा आगजनी गरिरहेका छन् ।
ठाउँ ठाउँमा आगो बालेर आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।
दंगा नियन्त्रणमा नआएपछी ४५ हजार सुरक्षाकर्मी परिचारलन गरिएको छ ।
फ्रान्सको तनावको प्रभाव बेल्जियमसम्म पुगेको छ । बेल्जियमको राजधानी ब्रसेल्स लगाएत शहरहरुमा पनि प्रदर्शन भएको छ ।
यसैबीच, प्रहरीको गोली लागि मृत्यु भएका १७ बर्षिय किशोरको अन्तेष्टी गरिएको छ । अन्तेष्टी समारोहमा ‘नाहेललाई न्याय ’ लेखिएको टीसर्ट लगाएका हजारौं युवा सहभागिता भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय