arin enterprises

बैंकिङ कसूर मुद्दामा फरार थापा पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण १९, मंगलबार

बैंकिङ् कसूर मुद्दामा फरार एक पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुर प्रताप थापालाई प्रहरीले आज पक्राउ गरेको हो ।

थापलाई उच्च अदालत पाटनले २०७६ भदौ ३ गते बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । फैसलापछि फरार रहँदै आएको थापालाई काठमाडौं चक्रपथबाट पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले थापलाई पक्राउ गरेको हो ।

थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा झुक्याएर देव विकास बैंकको चेक काटेर दिएको बताइएको छ ।

थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको व्यूरोले जनाएको छ । 

 

Categorized in अपराध