प्रथम गणेशदेवी फाउण्डेसन फुटसल सम्पन्न
SamacharDesk – राम डंगोल | २०८१ पौष १४, आइतबार
गणेशदेवी फाउण्डेसनद्वारा आयोजित “प्रथम गणेशदेवी मानन्धर ५ए साइड नेवाः कलाकार फुटसल २०८१” को उपाधि नेपाल टप आर्टिष्ट टिमले जितेका छन् ।
कूल १२ टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा नेपाल टप आर्टिष्ट टिमले झि पुचःलाई १–० गोल अन्तरले विजयी हुँदै ट्रफि उचाल्यो ।
शनिबार सम्पन्न फाइनल खेलमा नेपाल टप आर्टिष्ट टिमका सागर सिंहले गरेको एक मात्र गोलले टिमलाई विजयी बनायो । प्रतियोगितामा झि पुचः दोस्रो भए भने १६ वडा कलाकार समिति तृतिय भएका छन् ।
प्रतियोगितामा म्यान अफ दि टुर्नामेन्ट झि पुचःका अनिल नगरकोटीले प्राप्त ग¥यो । त्यस्तै सर्वोत्कृष्ट गोलकिपरको उपाधि नेपाल टप आर्टिष्ट टिमका मनिष जंग खड्काले जितिन् ।
त्यस्तै १६ वडा कलाकार समितिका युजेश श्रेष्ठले हाइएष्ट स्कोररको पुरकार जित्न सफल भए । उक्त प्रतियोगिता न्यू जेनिथ मोडेल स्कूलको फुटसल खेल मैदानमा सम्पन्न भएको थियो ।
यता महिला तर्पmको फुटसलको प्रथम पुरस्कार ललितकला भिजुअल आर्टिस्ट ग्रूपले हात पारेको छ । ग्रुपले नेवाः कासामी पुचःलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै महिला मैत्रीपूर्ण फुटसलको कप उचाल्न सफल भएको हो ।
गणेशदेवी फाउण्डेसनका अध्यक्ष स्नेह सायमीको सभापतित्वमा सम्पन्न कार्यक्रममा १८ वडा अध्यक्ष न्हूच्छे नारायण महर्जन, स्कूलका संस्थापक प्रिन्सिपल राजु महर्जनले प्रतियोगिताको महत्वबारे आप्mनो धारणा राखेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई प्रमुख अतिथि एवं पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, संस्थाका संरक्षण राजेस मानन्धर, नेपाल मार्शल आर्ट पाँच पल्टको विश्व च्याम्पियन केदारमान स्थापितले संयुक्त रुपमा विजेताहरुलाई ट्रफि तथा पुरस्कार प्रदान गरेको थियो ।
यता महिलातर्पmका विजयी टिमहरुलाई चर्चित गायिका प्राश्ना शाक्यले ट्रफि प्रदान गरेका थिए ।
Categorized in स्पाेर्ट्स




