चेकजाँचका क्रममा ११५ किलो गाँजा पक्राउ
SamacharDesk | २०७९ फाल्गुण १२, शुक्रबार

एक सय १५ किलो लागुऔषध गाँजासहित सिन्धुली प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीनवटा मोटर साइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुबाट एक सय १५ किलो गाँजा सिन्धुली प्रहरीले फेला पारेको जनाएको छ ।
सो क्रममा मोटरसाइकलमा सवार चार जनाले प्रहरीलाई हातपात, ढुंगामुढा गर्नुका सार्थ खुकुरी प्रहार गर्न थालेपछि हवाइ फायर गरि उनीहरुलाई पक्राउ गरिएको सिन्धुली प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका– १४ का ३२ वर्षीय मानध्वज वाइबा, हरिहरपुरगढी गाउँपालिका–७ का ५५ वर्षीय चन्द्र बहादुर वाइबा, २७ वर्षीय सूर्य बहादुर वाइबा र २२ वर्षीय बिर्ख बहादुर वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध