arin enterprises

गरिमा विकास बैंक र पोखरा बाटिका क्लासिक होटलबीच सम्झौता

SamacharDesk | २०७८ चैत्र ३०, बुधबार

नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई लक्षित गरी गरिमा विकास बैंक र पोखरा बाटिका क्लासिक होटलबीच विभिन्न छुटसम्बन्धी सम्झौता भएको छ ।

उक्त होटल रुमहरुमा २०%, फुड एण्ड वेभरेजमा १५% साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको बहार ल्याएको छ । ग्राहकवर्गहरुले उक्त छुटका लागि गरिमा बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गरेमा होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुनेछ ।

हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Categorized in बिजनेस