arin enterprises

निगमले ग्याँसमा दोहोरो मूल्य तोक्ने

SamacharDesk | २०७९ आषाढ ६, सोमबार

नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ।

पेट्रोलियम पदार्थमा सोमबार रातीदेखि लागू हुने गरी ह्वात्तै मूल्य बढाएको आयल निगमले ग्याँसको मूल्यमा भने दुई दरी कायम गर्ने तयारी भइरहेको बताएका छन् । 

सोमवार पत्रकार सम्मेलन गर्दै आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्यासको मूल्य दुई थरी कायम गर्न समिति गठन गरिएको बताएका हुन्।

अघिक घाटाकै कारण मूल्यवृद्धि गर्नु परेको उनले बताए। गरिब घर परिवारलाई सस्तो र धनी परिवारलाई महँगो ग्यास बेच्ने गरी मूल्य कायम गर्ने तयारी गरिएको छ।

यसकै लागि नापतौल विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ।

त्यसैगरी, पूर्वाधार कर समायोजन गरेको रकम अर्थ मन्त्रालयसँग शोधभर्ना लिने निगमले जनाएको छ। ४५ दिनको प्रतिलिटर १० रुपैयाँ शोधभर्ना गर्ने तयारी निगमको छ। मूल्य वृद्धि गर्दा पनि आयल निगम अभैm अर्बाैं घाटामा रहेको निगम बताउँछन् ।

यता इन्धनको भारी मूल्यवृद्धिमा प्रधानमन्त्री र वाणिज्य मन्त्रीकै सहमतिमा भएको देखिन्छ । 

इन्धनको मूल्य निर्धारण गर्न निगमको सञ्चालक समिति स्वतन्त्र छ । तर उनीहरुलाई प्रधानमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले नै ढाडस दिएपछि उच्च मूल्यवृद्धि भएको निगमका अधिकारीहरु नै बताउँछन् ।

Categorized in राष्ट्रिय