arin enterprises

युरोकपका लागि जर्मनी टिम

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १३, बिहिबार

 युरोकपका लागि जर्मनीले टिमको घोषणा गरेको छ । जर्मनीले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो ।

उक्त टिममा थोमस मुलर पनि सामेल छन् । बायर्न म्युनिखका स्ट्राइकर मुलर सन् २०१८ पछि पहिलो पटक टिममा परेका हुन् । यस्तै म्याट हुम्लेसले पनि टिममा पुनरागमन गरेका छन् ।

बार्सिलोनाका गोलकिपर टेर स्टेगेन टिममा परेका छैनन् । घुँडाको चोटको शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप नखेल्ने भएका हुन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

जर्मनी टिम

गोलकिपर : मानुएल न्यूउर, बर्न्ड लेनो, केभिन ट्रर्याप

डिफेण्डर : म्याथियस जिन्टर, रोबिन गोसेन्स, क्रिश्चियन गन्टर, मार्सेल हल्स्टनबर्ग, म्याट्स हम्मेल्स, लुकास क्लोस्टरम्यान, रोबिन कोच, एन्टोनियो रुडिगर, निक्लास सुले

मिडफिल्डर : एम्रे क्यान, लियोन गोरेत्स्का, इल्काई गुन्डोगन, जोशुआ किमिच, टोनी क्रूस, जमाल मुसियाला, फ्लोरियन न्यूहाउस

फरवार्ड : सर्जे ग्नब्री, काइ हावर्टज, जोनास होफम्यान, थोमस मुलर, लेरोय साने, केभिन भोल्यान्ड, टिमो वर्नर

Categorized in स्पाेर्ट्स