arin enterprises

सशस्त्र प्रहरीद्वारा नक्कली सुनका गहना बरामद

SamacharDesk | २०७९ फाल्गुण १८, बिहिबार

सशस्त्र प्रहरीद्वारा ३ लाख रुपैयाँ बराबरको नक्कली सुनका गहना बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट फागुन १६ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको बिभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । 

बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Categorized in अपराध