arin enterprises

पुल्चोकबाट सुनका गरगहना लुटपाट

SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

ललितपुरको पुल्चोकबाट शुक्रबार राति एक महिलाबाट सुनका गरगहनाहरु लुटपाट भएको छ ।

अपरिचित व्यक्तिले नसालु पदार्थ मिसाई फ्रुटि ख्वाएर महिलाबाट सुनका गरगहनाहरु लुटपाट गरिएको हो ।

काठमाडौं ढुङ्गेधारा बस्ने गोरखाकी ४५ वर्षीया महिलाले कानमा लगाएको आधातोला टप, १ तोलाको सुनको सिक्री र ६ आनाको औंठी लुटपाट भएको हो ।

लुटपाट गर्ने व्यक्ति हाल फरार रहेको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी भइरहेको प्रभागले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ती महिलालाई उपचारको लागि पाटन अस्पताल पठाएको छ ।

Categorized in अपराध