arin enterprises

सुनको मूल्य १ लाख पुग्यो

SamacharDesk | २०७८ फाल्गुण २०, शुक्रबार

आज शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेको छ ।

नयाँ मूल्यवृद्धि पछि सुनको मूल्य तोलामा ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको मूल्य ९९ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार भने प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको हो ।

बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Categorized in बिजनेस