arin enterprises

युद्ध र महामारीबाट मुक्तिको कामनासहित गुह्यकाली पूजा

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ चैत्र २, बुधबार

सारा विश्वलाई युद्ध र महामारीलाई सताइरहँदा विश्व शान्ति र महामारीबाट मुक्तिको कामना गर्दै नेपालमा गुह्यकालीको पूजा हुने भएको छ ।

तन्त्र चर्चा परिवारले विश्वमा युद्धको साथै कोरोना महामारीबाट मुक्तिको कामना गर्दै गुह्यकालीको पूजा आयोजना गर्न लागेको हो । तन्त्र चर्चा परिवारले आउँदो २०७९ वैसाख १६ गतेका दिन तान्त्रोक्त होमसहित गुह्यकाली पूजाको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा बलिसहित तान्त्रोक्त विधिबाट होम गरिनुको साथै गुह्यकालीलाई पञ्चमकारसहितको सगुन चढाई पूजा गरिने तन्त्र चर्चाका संयोजक संदीप सापकोटाले जानकारी दिए ।

‘कोरोना महामारीले हामीलाई सताइरहेको २ वर्ष बढि भइसक्यो, फेरी उता दुई देशबीच युद्ध शुरु भएको छ’, सापकोटाले भने, ‘यस किसिमका सबै समस्याबाट सम्पूर्ण विश्वले मुक्ति पाओस् भन्ने कामनासहित हामीले गुह्यकालीको पूजा गर्न लागेका हौं ।

कार्यक्रममा नेपालमण्डलका प्रमाणिक तन्त्र साधकहरु, नेपालका तन्त्र, दर्शन, ईतिहास र संस्कृति क्षेत्रका विद्वानहरुसमेतको सहभागीता रहने बताइएको छ ।

तन्त्र चर्चाले निरन्तर रुपमा तन्त्रका विविध पक्षहरुलाई लिएर संवाद कार्यक्रमको आयोजना गर्दै आएको छ भने यस अघि ललितपुर र भक्तपुरमा दशमहाविद्या पूजालगायतका कार्यक्रमको आयोजना गरीसकेको छ ।  

Categorized in संस्कृति