arin enterprises

उत्तर प्रदेशमा गर्मीबाट ३४ को मृत्यु

SamacharDesk | २०८० आषाढ ३, आइतबार

भारतको उत्तर प्रदेशमा गर्मीबाट कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।

पछिल्ला दुई दिनमा प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । प्रदेशको राजधानी लखनउदेखि तीन सय किलोमिटर परको बालियामा पछिल्ला दुई दिनमा धेरै मृत्यु भएको थियो ।

शुक्रबार र शनिबार त्यहाँ तापक्रम ४३ डिग्री माथि पुगेको जनाइएको छ । गर्मी तत्काल नघट्ने देखिएपछि अधिकारीहरुले ६० वर्ष माथिका नागरिकहरुलाई घर बाहिर नजान आग्रह गरेका छन् ।

चर्को गर्मीमा नियमित विद्युत आपूर्ति हुन नसक्दा बालबालिका र वृद्धहरु बढी प्रभावित भएका छन् । मूख्यमन्त्री योगी आदित्यनाथले विद्युत आपूर्ति नियमित गर्न र आपूर्तिमा विभेद नगर्न आदेश दिनुभएको छ ।

त्यस्तै त्यहाँका क्षेत्रमा हरेक जस्तो मानिस कुनै न कुनै बिमारबाट पीडित बनेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

उता, भारतकै राजस्थानमा भने भारी वर्षापछिको बाढीले बेहाल बनाएको छ । आँधी, हुरी, वर्षा र बाढीका कारण पाँच सय गाउँमा विजुली समेत अवरुद्ध भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय