होलीमा ट्राफिकको कारबाही
SamacharDesk | २०८० चैत्र १२, सोमबार

रंगहरुको पर्व होली हिजो उपत्यका लगायत पहाडी क्षेत्रमा धुमधामका साथ मनाइयो ।
तराई क्षेत्रमा भने आज र भोलि मनाईदैछ । यस अवसरमा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँका विभिन्न नाकासहित ९० स्थानमा चेकिङ गरिएको थियो ।
यस क्रममा ७ सय ८४ सवारी साधन होल्डमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले मापसे र लापसे गरी सवारी साधन चलाउनेहरुलाई सवारी साधन होल्ड गर्ने तथा कारबाही गरिएको थियो ।
होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७ सय ६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड गरीएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सबैजनालाई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको छ ।
Categorized in राष्ट्रिय