arin enterprises

कलाकार लामालाई कसले कसरी सम्झे

SamacharDesk – बिराज | २०७८ फाल्गुण ११, बुधबार

चर्चित कलाकार तथा लोक गायक जयनन्द लामाको निधन पछि सामाजिक संजालको भित्ता उहाँप्रतिको श्रद्धान्जलीले भरिएको छ । विभिन्न कलाकारहरुको साथै उनका फ्यानहरुले उनलाई श्रद्धान्जली दिँदै पोस्ट गरेका छन् ।

लामा अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले फेसबुकमा उनको फोटोसहित श्रद्धान्जली पोस्ट गरे । बल्टी धुर्बेले आफ्नो फेसबुकको भित्तामा लेखेका छन्, ‘जिन्दगी के नै रैछ र दाई...., स्वोर्गमा बास होस् दाई ।

अर्का चर्चित हास्य कलाकार कृष्णभक्त महर्जनले पनि लामाप्रति श्रद्धान्जली पोख्दै फेसबुकमा लेखेका छन्, ‘दाजु बडो दुःखका साथ लेख्दैछु तपाईँको आत्माले सान्ति पाओस बैकुण्ठमा बास होस ।’

कलाकार सुनिता श्रेष्ठले श्रद्धान्जली पोख्दै सँगै काम गर्ने रहर अधुरो भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘हार्दिक श्रद्धान्जली दाई... संगै काम गर्ने रहर गर्दागर्दै अधुरो रह्यो मेरो सपना.. miss you दाई ...’

वरिष्ठ पप गायक भीम तुलाधरले लामाको फोटोसँगै हार्दिक श्रद्धान्जली लेखेका छन् ।

त्यसैगरी गायक संजय खड्गीले लामालाई श्रद्धान्जली पोख्दै लामाको कलकत्ते काईँयो गीत सम्झेका छन् । ‘कलकट्टे कायो केश मेरा बाङ्गो टेबलमा ऐना छ हरेक स्कुल कलेजमा बज्ने राष्ट्रिय कल्चरल गीतका सर्जकज्युमा हार्दिक श्रद्धान्जली जयनन्द लामा ज्यु’ खड्गीले आफ्नो स्टाटसमा लेखेका छन् ।

धरान निवासी निर्माता निर्देशक अरुण कुमार प्रधानले नेपाली चलचित्र क्षेत्रले लामालाई कहिल्यै नबिर्सिने भाव पोखेका छन् । उनले लेखेका छन्, ‘पत्याउनै गार्हो भयो, नेपालि चलचित्र क्षेत्रले सदैव सम्झी रहने छ, हार्दिक श्रद्धान्जली जयनन्द दाई ।’

पत्रकार सन्चु ब्लोन तामाङले पनि केही दिन अघि मात्रै लामासँग मेसेन्जरमा भएको वार्तालाप सम्झेकी छन् । उनले आफ्नो स्टाटसमार्फत केही दिन अघि आफ्नो गितको प्रमोशन गर्नुपर्यो भन्दै मेसेन्जरमा मेसेज पठाएको जानकारी गराउँदै श्रद्धान्जली पोखेकी छन् ।

‘केही दिन अघि मात्रै म्यासेन्जरमा कुरा गरेको थिए । मेरो गितको प्रोमोट गर्नुपर्यो बहिनी भन्नु हुन्थ्यो । आदरणिय वरिष्ठ लोक गायक जयनन्द लामा दाई बित्नु भयो भन्ने आयो । म स्तब्ध भए । हार्दिक श्रद्धान्जली दाई !!’ 

त्यस्तै वरिष्ठ कलाकार रविन्द्र खड्काले लामाको निधन अपत्यारिलो, शंकास्पद, दुःखद भन्दै लामाको अन्त्येष्टि र अन्तिम श्रद्धान्जली कार्यक्रमबारे परिवारिक सल्लाहमा रहेको जानकारी गराएका छन् ।

Categorized in पेजथ्री