arin enterprises

एक सय किलो अवैध गाँजा बरामद

SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

मकवानपुरमा प्रहरीले आज बिहान एक सय किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले मनहरी गाउँपालिका–६ रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट उक्त गाँजा बरामद गरेको हो ।

छाप्रोमा अपरिचित व्यक्तिले गाँजा प्याकिङ गरीरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा फेला पारेको छ ।

छाप्रोमा भएका व्यक्ति प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।

हाल फरार व्यक्तिको खोजी भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

Categorized in अपराध