arin enterprises

२५ लाख भन्दा बढीको अवैध औषधी नियन्त्रणमा

SamacharDesk | २०८० आषाढ २०, बुधबार

धनुषा प्रहरीले मंगलबार अवैध रुपमा भित्रिएको २५ लाख भन्दा बढी मूल्य बराबरको औषधि नियन्त्रणमा लिएको छ ।

धनुषाजिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट मंगलबार साँझ सशस्त्रप्रहरीले करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेकोकारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ ।

बी.आर.३२ ए.क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेकोउल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेशजनकपुरधामले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका ईक्वाललाई बरामद औषधी तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको छ ।

Categorized in अपराध