दोलखामा हजार दिने आमाले पाए पोषण सामाग्री
SamacharDesk – शिवजी प्रधान, दोलखा | २०७७ आषाढ १५, सोमबार

दोलखा भीमेश्वर नगरपालिकामा हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ ।
एक कार्यक्रमका बीच दोलखा स्वास्थ्य चौकिको ब्यबस्थापनमा हजार दिने आमाहरुलाई पोषण सामाग्री बितरण गरिएको हो ।
६ महिना भित्रका गर्भवती र सुत्केरी आमाहरुलाई धुलिखेल अस्पतालबाट सन्चालित दोलखा अस्पतालको सहयोगमा सामाग्री वितरण गरिएको हो ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ भित्रका ६० जनाले प्रति ब्यक्ति २५ केजि चामलको एक बोरा, गेडागुडी १ केजि र तेल १ लिटरको दरले पाएको हो ।
सामाग्री वितरण गर्दै भीमेश्वर नगर प्रमुख भरत केसीले नगरले विशेष रुपमा पोषणमा ध्यान दिँदै कार्यक्रम अगाडी ल्याउदै गरेको जानकारी दिनुभयो ।
कम उमेरमा आमा बन्न नहुनेप्रति सचेतना फैलाउन जरुरी रहेको नगर प्रमुख केसीको भनाई थियो ।
कार्यक्रम अध्यक्ष बिराजमान श्रेष्ठले धुलिखेल अस्पताललाई विशेष धन्यवाद दिँदै आगामी दिनमा नगरपालिका भित्र सुविधा सम्पन्न अस्पताल सन्चालन हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कोरियन अस्पतालको नामले परिचित गौरिशंकर अस्पताल, दोलखा अस्पताल २५ बेड सहितको अस्पताल दोलखा भीमेश्वर नगरपालिका २ मा सन्चालित छ ।
Categorized in समाज