arin enterprises

भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या

SamacharDesk | २०७८ चैत्र ८, मंगलबार

भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या गरिएको छ । पश्चिम बंगालको वीरभुम जिल्लास्थित एक गाउँका ८ जनालाई जिउँदै जलाएर हत्या गरिएको हो ।

मंगलबार बिहान ८ जनाको शव डढेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् । हत्या हुनेमा एउटै घरका सात जना रहेको अधिकारीहरुले तबएका छन् । सोमबार राति वीरभुमको बागुटी गाउँका उप–प्रधानपञ्च बडू शेखको हत्या लगत्तै गाउँमा राति नै आगजनी गरिएको थियो ।

पसलमा बसिरहेका बेला बम प्रहार हुँदा गम्भीर घाइते भएका शेखको अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले उनको हत्यामा संलग्नको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ । आफ्ना लोकप्रिय नेताको हत्या भएपछि एक भीडले विपक्षी समूहको घरमा हमला गरी आगजनी गरेको थियो ।

झण्डै एक दर्जन घरमा आगजनी हुँदा ८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आगजनीलगत्तै दमकलसहितको टोली घटनास्थलमा पुगेको तर उनीहरूलाई घटनास्थलमा जान दिइएको थिएन । घटनामा परी ज्यान गुमाउनको पहिचान हुन नसकेको पनि समाचारमा उल्लेख छ ।

Categorized in अन्तर्राष्ट्रिय