arin enterprises

भारतले ल्यायो कोरोनाविरुद्धको औषधी

SamacharDesk – बिराज | २०७८ जेठ ३, सोमबार

भारतले कोरोना भाइरसविरुद्ध औषधी तयार पारेको दावी गरेको छ ।

आज एक कार्यक्रमका बीच भारतले तयार पारेको कोरोना भाईरसविरुद्धको औषधी २–डीयोक्सी–डी–ग्लुकोज (२–डीजी) सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले औषधी २–डीजी सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा बोल्दै रक्षामन्त्री सिहंले २–डीजी औषधी कोभिड–१९ का विरामीका लागि निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । यस औषधीले संक्रमितमा अक्सिजनको निर्भरतामा पनि ४० प्रतिशतले कटौति भएको मन्त्री सिंहले दावी गरे ।

भारतीय रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र डाक्टर रेड्डी ल्याबेरोटरी (डिआरएल) ले बनाएको यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । सामान्य प्रयोगका लागि भने औषधीले अनुमति पाएको छैन ।

पाउडरकोरुपमा रहेको २–डीजीलाई घोलेर प्रयोग गर्न सकिने बताइएको छ । 

काेराेना महामारीले पुरै विश्वलाई आक्रान्त बनाएको बेला यो औषधीलाई ठुलो आशाका साथ हेरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय