भारतीय धावक मिल्खा सिंहको निधन
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ५, शनिबार

भारतीय धावक मिल्खा सिंहको निधन भएको छ ।
कोरोना संक्रमण भएपछि चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे सिंहको निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।
९१ वर्षिया मिल्खालाई जुन ३ तारिखमा मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो ।
त्यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरेपछि उपचारकै क्रममा उनको ज्यान गएको हो ।
पाँच दिन अगाडि मात्रै उनकी श्रीमती निर्मलको पनि कोरोनाका कारण ज्यान गएको थियो ।
मिल्खा सिंहको जन्म १९२९ नोभेम्बर ३० को दिन पाकिस्तानको गोविन्दपुरमा भएको थियो ।उनी भारतीय सेनामा पनि थिए । मिल्खा एशियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण विजेता खेलाडी हुन् ।
उनी १९६० को कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका स्वतन्त्र भारतका पहिलो धावक थिए ।
यस्तै सन् १९५८ मा जापानको टोकियोमा भएको एशियाली खेलकुदमा २ सय मिटर र ४ सय मिटरको दौडमा स्वर्ण जितेका थिए ।
साथै १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा पनि स्वर्ण पदक जितेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनप्रति शोक व्यक्त गर्दै ट्वीटरमा ट्वीट गरेका छन् ।
Categorized in स्पाेर्ट्सIn the passing away of Shri Milkha Singh Ji, we have lost a colossal sportsperson, who captured the nation’s imagination and had a special place in the hearts of countless Indians. His inspiring personality endeared himself to millions. Anguished by his passing away. pic.twitter.com/h99RNbXI28
— Narendra Modi (@narendramodi) June 18, 2021
