arin enterprises

भारतको चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २१, आइतबार

भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको जनाएको हो ।

चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने उद्धेश्यले पहिलो पटक पठाइएको चन्द्रयान–३ को चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा जोडिएकोपछि अब गति घटाउँदै लगिने पनि इसरोले जनाए ।

इसरोले यही अगस्ट २३ तारिख चन्द्रयान–३ लाई चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य लिएको छ ।

यस अघिको गल्ती नदोहाराई यान योजना अनुसार नै गईरहेको इसरोले बताएको छ ।

Categorized in अन्तर्राष्ट्रिय