इन्द्रराज देवघरको पुनर्निर्माण सम्पन्न
SamacharDesk | २०८० भाद्र ३, आइतबार

काठमाडौंको मरु गणेशस्थित इन्द्रराज देवघरको पुर्ननिर्माण सम्पन्न भएको छ ।
करिब एक करोड भन्दा बढीको लागतमा पुर्ननिर्माण सम्पन्न भएको हो । शनिबार एक कार्यमको आयोजना गरी सो देवघरको काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभएको छ ।
सो देवघर निर्माणका लागि महानगरपालिकाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत निर्माण गरिएको हो ।
त्यस क्रममा विभिन्न संघ संस्था तथा व्यक्तिले पनि उक्त देवघर निर्माणका लागि आर्थि सहयोग गरेको इन्द्रराज देवघर पुर्ननिर्माण समितिका अध्यक्ष तीर्थमान डंगोलले जानकारी दिनुभयो ।
Categorized in स्थानीय