arin enterprises

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाईंदै

SamacharDesk | २०७९ जेठ २१, शनिबार

आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

आजपनि संसारभर बाल अधिकार बारे चर्चा परिचर्चा गरी यो दिवस मनाइन्छ । दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ ।

१९ अगस्ट १९८२ मा राष्ट्र सआज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।

आजपनि संसारभर बाल अधिकार बारे चर्चा परिचर्चा गरी यो दिवस मनाइन्छ । दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ ।

१९ अगस्ट १९८२ मा राष्ट्र सङ्घको महासभाको विशेष सत्रमा लेबनान र प्यालेस्टानीको युद्धका कारण निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूले मृत्युवरण गरेको आँकडाले सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो ।

यसरी स्तब्ध भएको महासभाले ती निर्दोष बालबालिकाहरुको सम्झनामा निर्दोष बालबालिका माथि हुने अत्याचारविरुद्धको दिवस प्रत्येक वर्ष जुन ४ तारिखमा मनाउन थालिएको हो ।   

वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र रु यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहेस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।

यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणका लागी से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आआफ्ना समाजवाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् । 

देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् । जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ।

नेपालले सन् २०२२ सम्ममा निम्न विकसित राष्ट्रको समूहबाट र सन् २०३० सम्ममा मध्यम आय भएको देशमा माथि उक्लिने लक्ष्य लिएको छ। समग्र गरीवी घट्दै गएको भएतापनि दुईतिहाई बालबालिका सातमध्ये कम्तिमा एक आधारभूत आवश्यकताबाट बन्चित छन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सुचकांक छैठौं न्यून स्थानमा छ। यसका अतिरिक्त धन, भुगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ।

अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौं अधिकारहरूबाट बन्चित पनि भएका छन् ।

राष्ट्रसंघको महासभाको विशेष सत्रमा लेबनान र प्यालेस्टानीको युद्धका कारण निर्दोष प्यालेस्टिनी र लेबनानी बालबालिकाहरूले मृत्युवरण गरेको आँकडाले सम्पूर्ण महासभा नै स्तब्ध भएको थियो । यसरी स्तब्ध भएको महासभाले ती निर्दाेष बालबालिकाहरुको सम्झनामा निर्दोष बालबालिका माथि हुने अत्याचारविरुद्धको दिवस प्रत्येक वर्ष जुन ४ तारिखमा मनाउन थालिएको हो ।   

वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र रु यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहेस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।

यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणका लागी से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आआफ्ना समाजवाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् । 

देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् । जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ।

नेपालले सन् २०२२ सम्ममा निम्न विकसित राष्ट्रको समूहबाट र सन् २०३० सम्ममा मध्यम आय भएको देशमा माथि उक्लिने लक्ष्य लिएको छ।

समग्र गरीवी घट्दै गएको भएतापनि दुईतिहाई बालबालिका सातमध्ये कम्तिमा एक आधारभूत आवश्यकताबाट बन्चित छन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सुचकांक छैठौं न्यून स्थानमा छ।

यसका अतिरिक्त धन, भुगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ।

अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौं अधिकारहरूबाट बन्चित पनि भएका छन्।

यस वर्षको नारा बालबालिकामाथि हुने आक्रमण बन्द गर अर्थात् Stop Attacks on Children रहेको छ । 

 

Categorized in राष्ट्रिय