arin enterprises

अन्नपूर्ण मन्दिरको आगं घर पुननिर्माण हुने

SamacharDesk | २०७८ फाल्गुण २०, शुक्रबार

काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आगं घर पुनर्निर्माण हुने भएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त आगं घरको शिलान्यास गर्दै पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ । मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताउनु भएको हो ।

उहाँले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गर्नु भयो । उहाँले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भईरहेको दोहो¥याउनु भयो ।

सो आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । जसअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिनु भयो ।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साढे १ करोड बजेट लाग्नेछ । २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।

Categorized in स्थानीय