इन्टर मियामी लिग कपको सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २७, शनिबार

इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले शनिवार विहान भएको खेलमा चार्लोट एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गर्दा माल्डानाले १ गोल आत्मघाती गरेको थिए ।
खेलको १२औं मिनेटमा मार्टिनेजले गोल गर्दै मियमीले अग्रता लियो ।
३२ औं टेलरको गोलमा मियामीको अग्रता दोब्बर बन्यो ।
माल्डानाले ७८औं मिनेटमा मियामीलाई उपहार स्वरुप गोल दिए । यस्तै ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई जित दिलाए ।
यस सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका मेस्सीले लगातार ५ खेलसम्म गोल गरेका छन् ।
उनले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट समत गरेका छन् ।
Categorized in स्पाेर्ट्स