कोपा इटालियाको उपाधि इन्टरले जित्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ११, बिहिबार

इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोल अन्तरले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।
इन्टरले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । यो इन्टरले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जितेको हो ।
इटालीको स्टेडियो ओलिम्पिकोमा भएको खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै फियोरेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमै इन्टरले २–१ को अग्रता लिए ।
यहि अग्रतालाई अन्तिमसम्म जोगाई इन्टरले उपाधि आफ्नो पोल्टामा पारे ।
Categorized in स्पाेर्ट्स