इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ माघ २६, बुधबार

इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनल खेलमा रोमालाई २–० गोलले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो ।
इन्टरलाई जित दिलाउन खेल सुरु भएको दोस्रौँ मिनेटमा इडेन जेकोले र ६८ औँ मिनेटमा एलेक्सिस सान्चेजले एक एक गोल गरेको थियो ।
अब इन्टरले सेमिफाइनलमा एसी मिलान र लाजियोबीचको विजेतासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स