युभेन्ट्समाथि इन्टर मिलानको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २१, सोमबार

इटालियन सिरी ए मा युभेन्ट्समाथि इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई १–० गोलले हराएको हो ।
इन्टरलाई जित दिलाउन हाकन काल्हानोग्लुले गरेको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यो जितसँगै इन्टर ३० खेलमा ६३ अंक जोड्डै तेस्रो स्थानमा छ । यस्तै एक खेल बढि खेलेको युभेन्ट्स ५९ अंक जोड्डै चौंथो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स