ftin
arin enterprises

आइफोन १५ सार्वजनिक

SamacharDesk | २०८० भाद्र २७, बुधबार

एप्पल कम्पनीले आइफोन १५ सार्वजनिक गरेको छ ।

गएराती अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल हेडक्वार्टर पार्कमा आइफोन १५ का विभिन्न मोडलका सेटहरु सार्वजनिक गरिएको हो ।

आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रोम्याक्स गरी चार वटा मोडलका सेट सार्वजनिक गरिएको छ । आइफोन १५ को शुरुवाती मूल्य ७९९ डलर तोकिएको छ भने १५ प्लसको शुरुवाती मूल्य ८९९ डलर रहेको छ ।

यस्तै आइफोन १५ प्रोको शुरुवाती मूल्य ९९९ डलर रहेको छ भने १५ प्रोम्याक्सको शुरुवाती मूल्य ११९९ डलर तय गरिएको छ । एप्पलले पहिलो पटक एन्ड्रोइड स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधासहितका सेट ल्याएको छ ।

आइफोन १५ र १५ प्लसमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको रहेको छ भने १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । यी दुवै मोडलमा ए १६ बायोनिक चिप प्रयोग गरिएको छ ।

आइफोनका यी मोडलसँगै एप्पलले ब्राण्ड–न्यू एप्पल वाचसमेत सार्वजनिक गरेको छ । यो घडीको ब्याट्री ७२ घण्टा चल्ने दाबी गरिएको छ भने युएसबी–सी एयरपड्स पनि सार्वजनिक गरेको छ ।

आइफोन १५ र १५ प्लस सेटहरु कालो, निलो, हरियो, गुलाबी र पहेंलो रङमा उपलब्ध हुनेछन् ।

Categorized in विज्ञान-प्रविधी