इजरायली सेना जेनिन शहरबाट फिर्ता
SamacharDesk | २०८० आषाढ २०, बुधबार

प्यालेस्टिाइन स्थित वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता गएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै इजरायली सेनाले कब्जा गरेको शिविरवाट सेना फिर्ता भएको जनाएका हुन् ।
सो शहरमा दुई दिनसम्म चलेको भिडन्त पनि इजरायली सेना फिर्ता भएपछी समाप्त भएको छ ।
जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी इजरायली सेनाले हवाई तथा स्थल आक्रमण गरेको थियो ।
आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । यस्तै उक्त भिडन्तमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको मृत्यु भएको थियो ।
इजरायली सेनाको आक्रमणबाट तेल अबीबको ब्यस्त बजारमा ७ जना सर्वसाधारण घाइते भएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय